अन्तराष्ट्रिय

टर्की भूकम्प : मृत्यु हुनेको सङ्ख्या आठ गुना बढ्न सक्ने डब्ल्यूएचओको आँकलन

Birgunj Metropolitan Notice

सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुना बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।

सोमवार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ५,००० जनाभन्दा बढीको मृत्यु भैसकेको जनाइएको छ। पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प त्योभन्दा पनि उत्तरी भेगमा गएको थियो।

उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवित रहेकाहरूको खोजी गरिरहेका छन्।

विश्वभरिबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ।

यूएस जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button