No Image Headlineअर्थ

बढ्यो विदेशी मुद्रा सञ्चिति र विप्रेषण, अर्थतन्त्र सुधारिएकै हो त ?

Thrill Factory
Rungta Group

पछिल्लो समय मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति बढेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएकाे छ । राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत असारको तुलनामा पुस मसान्तसम्ममा कूल विदेशी मुद्राको सञ्चिति १० प्रतिशतले बढेको हो ।

गत असार मसान्तमा मुलुकको विदेशी मुद्राको सञ्चिति रू. १२ खर्ब १५ अर्ब ८० करोड रहेकोमा पुस मसान्तमा रू. १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा रू. ९ अर्ब ५४ करोड रहेकोमा पुस मसान्तमा बढेर रू. १० अर्ब ३० करोड कायम भएको छ । यो असार मसान्तको तुलनामा ८ प्रतिशतले बढी हो ।

कूल विदेशी मुद्राको सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति पनि बढेको छ । गत असार मसान्तमा रू. १० खर्ब ५६ अर्ब ३९ करोड विदेशी मुद्राको सञ्चिति रहेकोमा पुस मसान्तमा रू. ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी मुद्राको सञ्चिति भने घटेको छ ।  गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थासँग रू. १ खर्ब ५९ अर्ब ४१ करोड विदेशी मुद्राको सञ्चिति रहेकोमा पुस मसान्तमा रू. १ खर्ब ५३ अर्ब ९१ करोडमा सीमित भएको छ ।  यो अवधिमा बैंक तथा वित्तीय संस्थासँग विदेशी मुद्राको सञ्चिति  ३.४ प्रतिशतले घटेको हो ।

पुस मसान्तको कूल विदेशी मुद्राको सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत छ । अहिलेको विदेशी विनिमय सञ्चिति १०.४ महीनाको वस्तु आयात र ९.१ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

पछिल्लो ६ महीनामा रेमिट्यान्स (विप्रेषण) आप्रवाह २४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष (आव)काे पहिलो ६ महीनाको तुलनामा चालू आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको हो ।

नेपाली रुपैयाँमा २४  प्रतिशतले बढेपनि डलरमा भने १३  प्रतिशतले मात्रै रेमिट्यान्स बढेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह बढेर रू. ५ खर्ब ८५ अर्ब ८ करोड पुगेको छ । गत आवको सोही अवधिमा भने रेमिट्यान्स ५ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारमा जानेकाे संख्या बढेसँगै रेमिट्यान्स बढेको हो । पछिल्लो समय मलेसियामा जाने कामदारको संख्या ह्वात्तै बढेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button