अन्तराष्ट्रिय

टर्कीमा केही घण्टाभित्रै दोस्रो शक्तिशाली भूकम्प

Thrill Factory
Rungta Group

टर्कीले केही समयअघि मात्रै देशको पूर्वी भागमा दोस्रो शक्तिशाली भूकम्प गएको जनाएको छ।

अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमा नै यो भुइँचालो पनि गएको हो। यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको शक्ति ७.५ म्याग्निट्युड रहेको मापन गरिएको छ।

यसअघि पहिलो भूकम्पका कारण १,९०० जनाभन्दा बढीको ज्यान गएको टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन्।

टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए।

उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ। हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा एक सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ।

उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो। टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button