No Image Headlineखबर फटाफट
मधेस प्रदेश : ६ मन्त्री र ३ राज्यमन्त्रीद्वारा शपथ

मधेस प्रदेश सरकारका नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष शुक्रबार मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।


नयाँ मन्त्रीमा सत्ता गठबन्धनबाट एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री सामेल भएका छन् ।
सत्तारुढ दल माओवादी केन्द्रले भने मन्त्री अस्वीकार गरेको छ । माओवादीले दुई मन्त्री मागे पनि एउटा मात्रै पाएको भन्दै सरकारमा सहभागी नभएको हो ।