
आज देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज थोरै भू-भागमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना छैन ।


भोलि आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
पर्सि सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।