यस्तो पनि

हीरा व्यापारीकी ८ वर्षकी छोरी बनिन् भिक्षुणी !

Thrill Factory
Rungta Group

आठ वर्षकी देवांशी संघवीले भविष्यमा अर्बौँको हीरा व्यवसाय सम्हाल्न सक्थिन्।

तर एक धनाढ्य हिरा व्यवसायीकी छोरी उनले हाल कठिन जीवन व्यतीत गरिरहेकी छिन्। खस्रो सेतो फरिया लगाएर उनी खाली खुट्टा अरूको घर घरमा पुगेर भिक्षा मागिरहेकी छन्।

गत साता धनेश र अमी संघवीका दुईमध्ये ती जेठी छोरीले भिक्षुणी बन्ने निर्णय गरेकी हुन्। संघवीहरूको जनसङ्ख्या झन्डै ४५ लाख छ र उनीहरू विशेषगरी जैन धर्म मान्छन्। यो भारतमा २,५०० वर्षभन्दा पहिलेदेखि नै स्थापित एक धर्म हो।

धर्मबारे अध्ययन गरेकाहरूका अनुसार सांसारिक मोहको त्याग गर्ने जैन धर्मावलम्बीहरूको सङ्ख्या पछिल्ला वर्षहरूमा बढ्दो क्रममा छ। तर देवांशीले जस्तो बाल्यकालमै त्यस्तो पथ रोज्नु भने असामान्य हो।

गत बुधवार उनले गुजरातको सुरत सहरमा जैन भिक्षुभिक्षुणी र अन्य हजारौँ उपस्थित एक समारोहकाबीच दिक्षा लिएर त्यागको प्रण गरेकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button