अन्तराष्ट्रिय

डोनल्ड ट्रम्पको निलम्बन फुकुवा, फेसबुक र इन्स्टाग्राममा फर्किन पाउने

Thrill Factory
Rungta Group

फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने प्रविधि कम्पनी मेटाले डोनल्ड ट्रम्पलाई दुई वर्षअघि गरिएको निलम्बन फुकुवा गर्ने घोषणा गरेका छन्।

उक्त घोषणासँगै भूतपूर्व अमेरिकी राष्ट्रपति ती सामाजिक सञ्जालमा फर्किन पाउनेछन्। मेटाका अनुसार निलम्बन “आगामी साताहरूमा” समाप्त हुनेछ।

एक विज्ञप्ति जारी गर्दै मेटाका उच्च अधिकारी निक क्लेगले जनताले “उनीहरूका राजनीतिज्ञहरूले के भनिरहेका छन् भन्ने सुन्न पाउनुपर्छ” भनेका छन्।

सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटलमा दङ्गा भएपछि पदासीन राष्ट्रपति ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चित कालका लागि निलम्बन गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button