No Image Headlineअर्थमुख्य खबर

पर्ख र हेरको अवस्थामा लगानीकर्ता, शेयर बजारको आगामी यात्रा सकारात्मक

Thrill Factory
Rungta Group

पछिल्लो केही दिनको बजार ट्रेण्डलाई हेर्दा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेका छन् । छोटो समयमै २२ सयभन्दा माथि पुगेको बजार धेरै दिन टिक्न सकेन भने घट्न पनि सकेको छैन ।

अलिअलि बढेको बजारमा अधिकांश लगानीकर्ताले प्रोफिट पनि बुक गरे । त्यसपछि बजारमा सामान्य करेक्सन आयो ।  त्यसपछि लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिन्छन् ।

खरीदकर्ताले सस्तो मूल्यमा खरीद गर्न चाहेको छ भने विक्रेताले पनि माथिल्लो मूल्यमा बेच्न चाहेको देखिन्छ । सोही कारण कारोबार रकम घट्न थालेको छ ।

यद्यपि बैंकिङ प्रणालीमा तरलता सहज हुन थालेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत पैसा तान्न थालिसकेको छ ।

यसले गर्दा आगामी दिनमा ब्याजदर घट्दै जानेछ । सोही कारण पनि शेयर बजारको आगामी यात्रा सकारात्मक रहने जानकारहरू बताउँछन् ।

साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यस दिन नेप्से परिसूचक शून्य दशमलव ३५ अंकले घटेर २ हजार १८३ दशमलव २७ विन्दुमा कायम भएको छ ।

कारोबारमा आएका २५४ धितोपत्रको ७७ लाख ६४ हजार १५३ कित्ता ४७ हजार ९०९ पटकमा रू. २ अर्ब ८६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button