अन्तराष्ट्रिय

अमेरिकामा फेरि गोलीकाण्ड, तीन जना मारिए

Thrill Factory
Rungta Group

अमेरिकामा अर्को गोलीकाण्डको घटना सार्वजनिक भएको छ । अमेरिकाको उत्तर पश्चिममा पर्ने वासिङ्टन राज्यको याकिमा सहरमा एक जनाले जथाभावी गोली हानेर तीन जनाको हत्या गरेको जनाइएको छ । याकिमा सहरको एक पसलमा गोली चलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

गोली प्रहार गर्नुअघि बन्दुकधारीले उक्त पसलमा कुनै पनि विवाद नगरेको र अकस्मात गोली चलाएको पसलमा उपलब्ध सिसी क्यामेराका फुटेजमा देखिएको प्रहरीले बताएको छ ।

पसलमा आएका बन्दुकधारीले सुरुमा यसो यताउता हेरेजस्तो गरेको र पछि आफ्नो साथमा रहेको बन्दुक झिकेर अकस्मात प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गरेपछि सो व्यक्ति कार चलाएर भागेको प्रहरीको भनाइ छ । केही दिनमात्र अघि अमेरिकाको क्यालिफोर्नियामा भएको यस्तै गोलीकाण्डमा परेर १० जनाको ज्यान गएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button