खबर फटाफट

लागूऔषधसहित दुईजना पक्राउ

Thrill Factory
Rungta Group

लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने ३४ वर्षीय किरण मगर र पर्सा वीरगञ्ज महानगरपालिका-३२ चोर्नी बस्ने २५ वर्षीय मुन्ना महतोलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको  हो । 

प्रहरीले मगरलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध लुपिजेसिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाइजेपाम १२ एम्पुल र फेनारगन १२ एम्पुल र महतोलाई सिरहा, नरहा गाउँपालिका–३ चोहर्वाबाट नाईट्राभेट १२६ ट्याब्लेट र कोरेक्स १०० एमएलको १ बोतलसहित पक्राउ गरेको हो । 

लागूऔषध नियन्त्रण ब्यूरो रानी विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मगरलाई पक्राउ गरेको हो । महतोलाई लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button