No Image Headlineदेशमुख्य खबर

पोखरा विमान दुर्घटना : ब्ल्याक बक्स सिङ्गापुर पठाइने

Thrill Factory
Rungta Group

माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ परीक्षणका लागि सिङ्गापुर पठाइने भएको छ।

विमान दुर्घटनाबारे अध्ययन गर्न गठन गरिएको दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार आगामी साताभित्रमा ब्ल्याक बक्समा हुने ककपिट भोइस रेकर्डर (सीभीआर) र फ्लाइट डेटा रेकर्डर (एफभीआर) अध्ययनका लागि पठाउनेगरी तयारी अघि बढाइएको छ।

“सीभीआर र एफभीआरको जाँच गर्नका लागि धेरै छलफल गरी सिङ्गापुरमा पठाउने तय गरिएको हो,” लामिछानेले भने।

आयोगका अध्यक्ष पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेका अनुसार ब्ल्याक बक्सको अवस्था र त्यसमा भएको डेटा डाउनलोड भएपछि प्राप्त हुने विवरणको आधारमा उक्त जाँच सकिन कति समय लाग्छ भन्ने कुरा निर्धारण हुने छ।

“यो जाँच सम्पन्न भएपछि थप अध्ययन अघि बढाउन सहज हुने छ,” उनले थपे। महत्त्वपूर्ण सूचना प्राप्त हुने रेकर्डरहरू “नेपालमा परीक्षण गर्न नसकिने भएकाले उच्च गुणस्तरको दक्ष जनशक्ति सहितको अन्तर्राष्ट्रिय ल्याबमा परीक्षण र विश्लेषण गर्न लैजाने तयारी गरिएको’ आयोगको पछिल्लो विज्ञप्तिमा उल्लेख छ।

जानकारहरूका अनुसार कुन उपकरणको अवस्था कस्तो थियो भन्ने कुरा ब्ल्याक बक्सले बताउँछ। “कुन भागको सङ्केत के थियो, अचानक आएको समस्या हो कि, बाहिरी वा आन्तरिक कारणले दुर्घटना भएको हो भन्ने बताउँछ,” लामिछानेले भने।

फ्लाइट डेटा रेकर्डरले प्राविधिक पक्षको रेकर्ड राख्छ। त्यसमा विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो-पाइलटको अवस्था लगायतका विवरणहरूको अभिलेख रहन्छ।

ककपिट भोइस रेकर्डरमा भने सामान्यतया २५ घण्टाको गतिविधिको अभिलेख हुन्छ र यो उपकरणमा हुने चारवटा च्यानलबाट चार स्थानका आवाजको रेकर्ड राखिएको हुन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button