अन्तराष्ट्रिय

विषाक्त मदिरा सेवनबाट बिहारमा आठ जनाको मृत्यु

Thrill Factory
Rungta Group

भारतको पूर्वी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ । मदिरा पिएकामध्ये छ जनाले आँखाको ज्योति गुमाएका अल इण्डिया रेडियोले जनाएको छ ।

बिहारको राजधानी पटनाबाट करिब एक सय सात किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको लकरी नबगञ्जमा विषाक्त मदिरा पिएर सुरुमा एक जनाको मृत्यु भएको खबर आएको थियो ।

बिरामी परेका १४ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सरकारी प्रसारणमा जनाइएको छ । मदिरापानबाट बिरामी भएकामध्ये ११ जनालाई पटना मेडिकल कलेज अस्पताल र तीन जनालाई गोरखपुर अस्पतालमा भर्ना गरिएको छ ।

हात निर्मलीकरणका लागि उपयोगी स्यानिटाइजर बनाउने बहानामा कोलकाताबाट ल्याइएको ‘स्पिरिट’ बाट नक्कली मदिरा उत्पादन गरिएको बिहारका अतिरिक्त प्रहरी महानिर्देशक जेएस गङ्गबारले बताएका छन् ।

विषाक्त मदिरा बिक्री गरेको अभियोगमा १६ जनालाई पक्राउ गरिएको छ । विषाक्त मदिरा बेचविखनविरुद्ध अनुगमन नगरेको आरोपमा दुई जना अधिकारीलाई निलम्बन गरिएको छ । गत महिना विषाक्त मदिरा सेवनबाट बिहारको शारण जिल्लामा ९० जनाले ज्यान गुमाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button