अन्तराष्ट्रिय

सिरियामा आवासीय भवन भत्किँदा १६ जनाको मृत्यु

Thrill Factory
Rungta Group

सिरियाको अलेप्पो सहरमा रहेको एक आवासीय भवन भत्कँदा १६ जनाको ज्यान गएको छ । अलेप्पोमा अमेरिकी समर्थनप्राप्त कुर्दबहुल लडाकु समूह सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफको नियन्त्रणमा रहेको शेख मकसुद क्षेत्रमा अवस्थित पाँचतले आवासीय भवन भत्केको हो ।

उक्त भवनमा ३० जनाको बसोबास रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । यसअघि उक्त भवनको जगमा पानी चुहिने समस्या देखा परेको थियो । सिरियाको सरकार सञ्चालित समाचार संस्था सानाले सो भवनको भग्नावशेषमा अझै केही मानिसहरु पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जनाएको छ ।

एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण अलेप्पोको उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित भएका सिरियाली नागरिक उक्त भवनमा बस्दै आएका सिरियाली गृह मन्त्रालयका अधिकारीले जनाएका छन् ।

सिरियामा जारी द्वन्द्वमा परी हालसम्म करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ । युद्धका कारण विस्थापित अधिकांश सिरियालीहरु यस्तै कमजोर प्रकृतिका भवनमा बस्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button