अन्तराष्ट्रिय

चीनमा एक साताको अवधिमा झण्डै १३ हजार कोभिड सङ्क्रमितको मृत्यु

Thrill Factory
Rungta Group

चीनमा गत जनवरी १३ देखि १९ बीच एक साताको अवधिमा लगभग १३ हजार कोभिड-१९ सङ्क्रमितको मृत्यु भएको छ । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो ।

अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको सङ्क्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको सीडीसीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button