यस्तो पनि

भारतमा नरेन्द्र मोदीबारेको बीबीसीको वृत्तचित्र यूट्यूब र ट्विटरमा ब्लक गर्न आदेश

Thrill Factory
Rungta Group

भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले निर्माण गरेको वृत्तचित्रको पहिलो एपिसोडलाई यूट्यूब र ट्विटरमा ब्लक गर्न आदेश दिएको छ।

साथै मन्त्रालयले उक्त भिडिओको लिङ्क शेयर गर्ने ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको छ।

इकोनोमिक टाइम्स खबरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार ‘इन्डिया: द मोदी क्वेशन’ र त्यससँग जोडिएका करिब ५० वटा ट्विट हटाउन आदेश दिइएको हो।

स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले लेखेको छ कि मन्त्रालयका सचिव अपूर्व चन्द्रले आइटी नियम २०२१ अन्तर्गत यो आदेश दिएका हुन्।

स्रोतका अनुसार यूट्यूबलाई भनिएको छ कि, “यदि उसको सञ्जालमा यो वृत्तचित्र अपलोड गर्ने कोसिस गरियो भने त्यसलाई ब्लक गरियोस्। ट्विटरलाई लिङ्कसहितका ट्विटहरू पहिचान गरेर त्यसलाई हटाउन भनिएको छ।”

विपक्षी दलहरूले भारत सरकारको यो निर्णयलाई सेन्सर सीप भनिरहेका छन्। कंग्रेसका सञ्चार विभाग प्रमुख जयराम रमेशले ट्विटमार्फत सरकारको कदम सेन्सरसीप भएको टिप्पणी गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button