अन्तराष्ट्रिय

अमेरिकामा लस एन्जलिसनजिकै गोलीकाण्ड, कम्तीमा १० जनाको मृत्यु

Thrill Factory
Rungta Group

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा लस एन्जलिसनजिकै एउटा व्यापारिक भवनको‌ परिसरमा सन्दिग्ध आक्रमणकारीले गोली प्रहार गर्दा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मन्टरे पार्कमा शनिवार स्थानीय समयानुसार राति १०:२० बजे सो घटना घटेको हो। चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलामा त्यसअघि त्यहाँ हजारौँ मानिसहरू भेला भएका थिए।

प्रहरीले बन्दुक हमलामा थप १० जना घाइते भएको जनाएको छ। उसले सन्दिग्ध हमलाकारी पुरुष भएको जनाउँदै ती अझै फरार रहेको जनाएको छ।

सामाजिक सञ्जालमा देखा परेका भिडिओहरूमा लस एन्जलिसबाट १३ किलोमिटर पूर्वमा पर्ने उक्त सहरमा ठूलो सङ्ख्यामा प्रहरी उपस्थित भएको देखिन्छ।

एक प्रत्यक्षदर्शीले द लस एन्जलिस टाइम्सलाई बताएअनुसार बन्दुक बोकेका एक व्यक्तिलाई त्यस क्षेत्रमा देखेको भन्दै तीन जना उनको रेस्टुराँमा छिरेर ढोका बन्द गर्न भनेका थिए।

त्यहाँ वार्षिक रूपमा चन्द्र नववर्षको बेला एक सातासम्म कार्यक्रमहरू हुने गर्छन्। यसअघिका वर्षमा एक लाखभन्दा धेरै मानिसहरू आउने गरेका थिए।

शनिवारको महोत्सव राति ९ बजे सकिने गरी तय भएको थियो। मन्टरे पार्कको जनसङ्ख्या झन्डै ६० हजार छ। उक्त सहरमा धेरैजसो एशियाली समुदायका मानिसहरू बस्छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button