खेल संसार

फुटबल खेल्न साउदी अरब पुगे मेस्सी, रोनाल्डो, एम्बाप्पे र नेइमार

Thrill Factory
Rungta Group

रियादमा महान् खेलाडी लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो पुनः एक पटक मैदानमा एकअर्काविरुद्ध ओर्लिएका कारण प्रख्यात फ्रान्सेली क्लब पीएसजी र साउदी अल-स्टार इलेभनबीच बिहीवार राति सम्पन्न फुटबल खेलको व्यापक चर्चा भयो।

तर सो मैत्रीपूर्ण खेल खेलकुदमा खाडीराष्ट्रहरूको बढ्दो प्रभावको अर्को एउटा नमुना हो। सन् २०११ यता पीएसजीमा कतारी राजपरिवारसँग सम्बन्ध भएका लगानीकर्ताहरूको स्वामित्व छ। उक्त क्लब मेस्सी, एम्बाप्पे र नेइमारजस्ता प्रख्यात खेलाडीहरूलाई आबद्ध गर्न सफल भएको छ।

साउदी क्लब अल-नासरसँग अनुबन्धित रोनाल्डो साउदी अल-स्टार इलेभनका तर्फबाट मैदानमा ओर्लिएका हुन्। उक्त खेलमा पीएसजीले साउदी क्लबलाई ५-४ ले हरायो। खेलमा मेस्सी, रोनाल्डो र एम्बाप्पले गोल गरे।

खाडीराष्ट्रको क्लबमा अनुबन्धित भएबापत रोनाल्डोले साढे दुई वर्षको अवधिमा २० करोड डलरभन्दा बढी रकम प्राप्त गर्ने विवरणहरू सार्वजनिक भएका छन्। एक प्रशंसकले त मैत्रीपूर्ण खेलको टिकटका लागि लिलामीमार्फत् २६ लाख डलर तिरे।

त्यसले खर्च गर्न सक्ने क्षमता देखाउँदै विश्व फुटबलमा युरोप र ल्याटिन अमेरिकाको प्रभाव मध्यपूर्वतिर सर्दै गएको सङ्केत गर्छ।

विगतमा विदेशमा घरजग्गा कारोबार र परम्परागत व्यवसायहरूका लागि परिचित साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारजस्ता क्षेत्रीय शक्तिराष्ट्रहरूले खेलकुद उद्योगमा ध्यान बढाउन थालेका छन्। त्यसलाई विशेषज्ञहरूले आर्थिक विविधीकरणका लागि कूटनीतिक प्रयासको “सफ्टपावर” का रूपमा हेरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button