यस्तो पनि

राजकुमार ह्यारीको पुस्तकमा सनसनीपूर्ण दाबी !

Thrill Factory
Rungta Group

ब्रिटेनका राजकुमार ह्यारीको प्रकाशोन्मुख आत्मवृत्तान्तमा उल्लिखित सनसनीपूर्ण दाबी र आरोपहरू सञ्चारमाध्यममा चुहिएका छन्।

‘स्पेअर’ नामक पुस्तकमा ब्रिटिश राजपरिवारसँग सम्बन्धित गुनासाहरू र कटुता समाविष्ट छन्।

पुस्तकमा ह्यारीले आफू र आफ्ना दाजु राजकुमार विलियमले बुवा चार्ल्सलाई कमिलासँग विवाह नगर्न आग्रह गरेको दाबी गरिएको छ।

ह्यारीले पुस्तकमा दाजु विलियमले आफूमाथि शारीरिक आक्रमण गरेको प्रसङ्ग लेखेका छन्। यस विषयमा ‘गार्डिअन’ ले पहिलो पटक समाचार सार्वजनिक गरेको थियो।

केन्सिङ्टन दरबार र बकिङ्गम दरबार दुवैले यसबारे कुनै टिप्पणी नगर्ने जनाएका छन्। स्पेनमा स्पेअर’को एक प्रति हात पारेको छ र त्यसको अनुवाद भइरहेको छ।

गार्डिअन पत्रिकाले उक्त पुस्तक हात पारेर बिहीवार त्यसको अंश प्रकाशन गरेको थियो। द सन पत्रिकासहित अरूले पनि उक्त पुस्तकको स्पेनी संस्करण हात पारेका छन्।

ज्यानुअरी १० तारिखमा पुस्तक आधिकारिक रूपमा प्रकाशित हुनुअगावै स्पेनी संस्करण सार्वजनिक भएको हो।

गार्डिअनमा पहिलो पटक सामग्री प्रकाशित भएपछि पुस्तकमा गरिएका थप दाबीहरू पनि सार्वजनिक भएका छन्। एउटा प्रसङ्गमा आफू नाजीहरूले लगाउने पोसाक लगाएर एउटा पार्टीमा जान लागेको देख्दा राजकुमार विलियम र क्याथरीन हाँसेको ह्यारीले लेखेका छन्।

ह्यारीले आफूले लागुऔषध प्रयोग गरेको तथा अफगानिस्तान द्वन्द्वका क्रममा हेलिकप्टर पाइलटका रूपमा बटुलेको अनुभव पनि पुस्तकमा लेखेका छन्।

पुस्तकको चुहिएको अंश हेर्दा राजपरिवारमा मेलमिलाप र सहमतिको सम्भावना छैन। ह्यारीले गरेका दाबीहरूमा दुःख, गुनासा र आरोपहरू छन्।

उक्त पुस्तकमा ह्यारीका दाजु, भाउजू, बुवा र सौतेनी आमाबारे निकै व्यक्तिगत प्रसङ्गहरू लेखिएका छन्। ह्यारीको दाबीमा आक्रोश प्रतिबिम्बित हुन्छ। अनि अर्को पटक ह्यारीलाई राजपरिवारसँग देखिँदा यी कुरा बेवास्ता गर्न असम्भव हुनेछ।

राजा चार्ल्सको राज्याभिषेक अबको केही महिनामा हुन लागेको छ। त्यो समारोहमा ह्यारी उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने विषय चाखलाग्दो हुनसक्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button