अन्तराष्ट्रिययस्तो पनि

यी हुन सर्वाधिक बियर खाने १० देश

Thrill Factory
Rungta Group

गएको वर्ष विश्वभर बियरको खपत बढेको छ । सन् २०२१ मा विश्वभर मानिसहरूले झन्डै २ खर्ब लिटर बियर खपत भएको एक जापानी ब्रुअरी कम्पनीको तथ्याङ्कले देखाएको छ ।

जापानको प्रमुख बुअरी कम्पनी किरिन होल्डिङ्सको तथ्यांकले गत वर्ष विश्वभर १८ करोड ५६ लाख किलोलिटर (१ खर्ब ८५ अर्ब ६० करोड लिटर) बियर खपत भएको देखाएको छ । यो जापानको एउटा कम्पनीको तथ्याङ्क हो । वास्तविक तथ्याङ्क भने यो भन्दा बढी हुन सक्छ ।

समीक्षा अवधिमा खपत भएको कूल मध्ये ३ करोड ८० लाख ९० हजार किलोलिटर बियर चीनमा मात्रै खपत भएको छ । अघिल्लो वर्षको तुलनामा गएको वर्ष चिनियाँहरूले ५ दशमलव ६ प्रतिशत धेरै बियर खाएका छन् ।

चीनलाई पछ्याउने क्रममा अमेरिका दोस्रो स्थानमा छ । गत वर्ष भरी अमेरिकीहरुले २ करोड ४१ लाख ७० हजार किलोलिटर बियर खाएका छन् । यो पनि अघिल्लो वर्षको भन्दा १ दशमलव १ प्रतिशत धेरै हो ।

तेस्रो स्थानमा रहेको ब्राजिलमा बियरको खपत समीक्षा अवधिमा ५ प्रतिशतले बढेर १ करोड ४५ लाख  ४० हजार किलोलिटरमा उक्लिएको छ ।  बियर खपतको मामिलामा गत वर्ष सातौं स्थानमा रहेको जापान यस वर्ष एक स्थान झरेर आठौं स्थानमा आएको छ । समीक्षा अवधिमा जापानीहरूको वियर खपत ४१ लख ८० हजार किलोलिटर मात्रै छ । यो एक वर्ष अघिको भन्दा ५ दशमलव २ प्रतिशत कम हो ।

१२ दशमलव ७ प्रतिशतको वृद्धिसहित बेलायत भने सूचिमा २ स्थान उक्लिएर सातौं स्थानमा आएको छ । क्षेत्रगत आधारमा लगातार १४ औं वर्ष पनि बियर खपतमा एशियाले अन्य सबै क्षेत्रलाई उछिनेको छ । विश्वभर खपत भएको कूल बियरमा एशियाको अनुपात ३१ दशमलव ४ प्रतिशत छ ।

दोस्रो स्थानमा रहेको यूरोपको अनुपात २६ दशमलव ५ प्रतिशत छ । प्रतिव्यक्ति बियर खपतमा भने चेक गणतन्त्र लगातार २९ औं वर्षदेखि पहिलो स्थानमा छ । एक वर्षमा त्यहाँका हरेक व्यक्तिले औसतमा करीब १८५ लिटर बियर पिउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button