कला/साहित्य

दीपिका पादुकोणले लगाएको बिकिनीको रङ्गका कारण नयाँ चलचित्र विवादमा

Thrill Factory
Rungta Group

बलिवूड स्टारहरूले अभिनय गरेको एउटा नयाँ चलचित्रमा कलाकारले लगाएको कपडा र त्यसको रङ्गका कारण भारतमा राजनीतिक तरङ्ग उत्पन्न भएको छ। सामाजिक सञ्जालमा “बहिष्कार पठान” ट्रेन्डिङ भइरहेको छ।

शाहरुख खान र दीपिका पादुकोणको मुख्य अभिनय रहेको ‘पठान’ ज्यानुअरीबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो। गत साता उक्त चलचित्रको एउटा गीत “बेसरम रङ्ग” सार्वजनिक भएसँगै विवाद सुरु भएको हो।

आधिकारिक युट्युब च्यानलमा मात्रै सोमवारसम्म ८ करोड ३० लाखले यो गीतको भिडिओ हेरिसकेका छन् भने यसका नक्कल प्रतिहरू पनि सामाजिक सञ्जालमा पाइन्छन्।

यो गीत विवादमा ल्याउने एक व्यक्ति भारतको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीका नेता नरोत्तम मिश्र पनि हुन्। “बेसरम रङ्ग भन्ने गीतको आशय आपत्तिजनक छ,” मध्य प्रदेशका गृहमन्त्रीसमेत रहेका मिश्रले बुधवार भनेका छन्।

“यो गीत….प्रदूषित मानसिकताले बनाइएको छ, यसमा नायक र नायिकाले आपत्तिजनक तरिकाले हरियो र गेरुवस्त्र लगाएका छन्।” हरियो मुस्लिम समुदायमाझ महत्त्वपूर्ण रङ्ग हो। गेरु हिन्दू संस्कारमा पवित्र रङ्ग मानिन्छ।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले वास्तविक रूपमा साहरुखले कालो सर्ट र दीपिकाले सुन्तले रङ्गको कपडा लगाएको दाबी गरे पनि यसले मानिसहरूलाई शान्त पार्न सकेको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button