खबर फटाफट

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

Thrill Factory
Rungta Group

 सगरमाथा लोकमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा थप तीन जना घाइते भएका छन् ।

गाईघाटबाट सामान लिएर रौतामाई गाउँपालिका-५ रसुवा जाँदै गरेको स १ त ४९४६ नम्बरको ट्रयाक्टर त्रियुगा नगरपालिका-१५ छाम्लिङ्गमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रयाक्टरमा सवार रौतामाई गाउँपालिका-६ का १८ वर्षीय शिवराज घिमिरेको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

किराना पसलको सामान लिएर रसुवा जाँदै गरेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

दुर्घटनामा रौतामाई गाउँपालिका-४ निकासका चालक २३ वर्षीय डम्बरबहादुर आचार्य, त्रियुगा नगरपालिका-११ बेलदोभानका सहचालक १७ वर्षीय रोमन मगर र ट्रयाक्टरमा सवार त्रियुगा नगरपालिका-३ मिलनचोकका ३५ वर्षीय पुरुषोत्तम कार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए । 

उनीहरूलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारको लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button