अन्तराष्ट्रियअर्थ

सस्तो मूल्यमा रुसी तेल किन्दै चीन

Thrill Factory
Rungta Group

चीनले रुसको ईएसपीओ कच्चा तेल महिनौंदेखि निकै सस्तो मूल्यमा किनिरहेको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।

पश्चिमी मुलुकहरूले ६० डलर प्रतिब्यारलको दरमा रुसी तेलको भाउ निर्धारित गरेको भए पनि चीनले उक्त मूल्य निर्धारणलाई वास्ता गरेको छैन । चिनियाँ व्यापारीहरूले पहिलेकै मूल्यमा कारोबार गरिरहेका छन् ।

रुसी तेल कम्पनी ईएसपीओका सबभन्दा ठूला ग्राहक चीनका स्वतन्त्र प्रशोधन कम्पनीहरू हुन् । उनीहरू पश्चिमले रुसी तेलको मूल्यमा तोकेको सीमाबाट हुन सक्ने प्रतिबन्धमा जोगिनका लागि विभिन्न उपाय अपनाइरहेका छन् ।

रुसको सुदूर पूर्वमा रहेको कोज्मिनो बन्दरगाह चिनियाँहरूले तेल ल्याइरहेका छन् किनकि त्यो नजिक पर्छ र त्यसलाई प्रशोधन गर्न सस्तो पनि पर्छ ।

डिसेम्बर महिनामा आएको रुसी तेल पश्चिमी बजारको भन्दा ६ डलर कम प्रतिब्यारलमा चीनले किनिरहेको छ ।

ईएसपीओको सस्तो मूल्यका कारण चिनियाँ क्रेताहरूले यो तेल थप किन्ने व्यापारीहरू बताउँछन् । चीनले कोरोना महामारी रोक्न लगाएको कठोर लकडाउन खुकुलो बनाएपछि अब गाडीहरू चल्न थाल्ने भएकाले तेलको माग बढ्न सक्छ ।

पश्चिमले रुसी तेलको मूल्यमा तोकेको सीमाका कारण चीन, भारत र टर्कीले रुसी तेल किन्नका लागि थप बार्गेनिङ गर्ने मौका पाएको विश्लेषकहरू बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button