अर्थखबर फटाफट

बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा

Thrill Factory
Rungta Group

बिलविजकभन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधीलगायतका सामानहरू बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिलबिजकभन्दा बढी मालसामान लिएर वीरगञ्जबाट कास्कीतर्फ गईरहेको सूचनाका अधारमा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले ना।३ ख २७७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं ६ लोहारपट्टी चोकस्थित सडकखण्डमा नमस्ते ट्रासपोर्टबाट पठाइएको सो ट्रक नियन्त्रणमा लिइएइको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

विलबिजक संकास्पद देखिएपछि ट्रक नियन्त्रणमा लिई हेर्दा ६१ लाख ४६ हजार रुपैयाँबराबरको मालसामान भेटिएकाले थप अनुसन्धान र कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी निर्मल बुढाथोकीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button