कला/साहित्य

‘बिरानो सहर’ म्युजिक भिडियो सार्वजनिक

Thrill Factory
Rungta Group

आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु खायो सानी । गीतकार डा राजुबाबु श्रेष्ठको यस्तै शब्दमा बिरानो सहर गीत सार्वजनिक भएको छ ।

प्रेमिकालाई गाउँमा छाडेर अर्थोपार्जनका लागि सहर पस्न बाध्य भएको एक युवाको कथालाई गीतमा समेटिएको छ । वर्तमानको दुःख र भविष्यमा आइपर्ने सङ्कटप्रति सचेत हुँदै सहरमा पुगेर सङ्घर्ष गरिरहेको युवाको कथा यसमा छ । 

अनिर मास्केको सङ्गीत रहेको गीतमा युवा पुस्ताका लोकप्रिय गायक विश्व नेपालीले स्वर दिएका छन् । सचिन सिंहले एरेञ्ज गरेको गीतको भिडियोलाई निर्देशन, छायांकन र सम्पादन निशान घिमिरेले  गरेका छन् ।

भिडियोमा गायक नेपालीसँगै मोडल रक्षा थापा बस्नेतले अभिनय गरेको गीतकार श्रेष्ठले जानकारी दिए ।  यसअघि पनि गीतकार डा राजुबाबु श्रेष्ठ र सङ्गीतकार अनिर मास्केको संयुक्त प्रयासमा ‘बिरानो गाउँमा’ नामक गीत सार्वजनिक भएको थियो ।

गीतमा गायिका मिलन नेवारले स्वर दिएका छन् । बिरानो गाउँ गीतकै निरन्तरताका रुपमा बिरानो सहर तयार भएको सङ्गीतकार मास्केले जानकारी दिए।

उनले भने, बिरानो गाउँमा प्रेमी सहर जाँदा प्रेमिकाले व्यक्त गरेको भावलाई समेटिएको छ भने बिरानो शहरमा प्रेमीले प्रेमिकालाई गाउँमा छाडेर आउँदाको अनुभूति समेटिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button