अर्थ

विश्वलाई पाल्न सक्ने सयौँ वर्ष पुरानो गहुँको प्रजाति खोज्दै वैज्ञानिक

Thrill Factory
Rungta Group

जलवायु परिवर्तनको चुनौतीका माझ विश्वको आहार बन्नसक्ने उपाय के एउटा ३०० वर्ष पुरानो सङ्ग्रहालयभित्र रहेको बाली हुनसक्छ?

लन्डनको न्याचुरल हिस्ट्री म्युजियमको अभिलेखमा रहेका १२ हजार गहुँ र त्यसका मिल्दोजुल्दो प्रजातिको अध्ययन गर्दै वैज्ञानिकहरूले यसको जवाफ खोजिरहेका छन्।

ब्रिटेनका वैज्ञानिकहरूले जलवायु परिवर्तन, किटनाशक औषधि र रोगको जोखिमसँग जुझ्ने अपेक्षा सहित यो अध्ययन अघि बढाएका हुन्।

ब्रिटेनको न्याचुरल हिस्ट्रि म्युजियममा रहेका सन् १७०० आसपास यताका गहुँका प्रजातिहरूको उनीहरूले अध्ययन गर्न थालेका हुन्।

त्यसमा जेम्स कुकले आफ्नो पहिलो अस्ट्रेलिया भ्रमणको क्रममा सङ्कलन गरेको गहुँ पनि छ।

अनुसन्धानकर्ताहरूले पुराना प्रजाति नयाँ भन्दा विविधतायुक्त रहेको आकलन गर्दै सबैभन्दा राम्रो पाइएका प्रजातिका आनुवंशिक चरित्रलाई अध्ययन गरेर तीनका विशेषताबारे बुझ्ने काम भइरहेको बताएका छन्। बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button