खेल संसार

विश्वकपमा आज चार खेल : समूह चरणमै स्पेन र जर्मनीको प्रतिस्पर्धा

Thrill Factory
Rungta Group

विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्। आइतबार हुने पहिलो खेलमा जापान र कोस्टारिकाले प्रतिस्पर्धा गर्दैछन्।

पहिलो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। दोस्रो खेलमा बेल्जियम र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ६:४५ बजे सुरु हुनेछ।

आइतबारको तेस्रो खेलमा क्रोएशिया र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल राति ९:४५ बजे सुरु हुनेछ। आइतबारको अन्तिम अर्थात् चौंथो खेल भने मध्यराति १२:४५ मा हुनेछ। यो खेलमा स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ। समूह चरणमै स्पेन र जर्मनीको भेटलाई महत्त्वका साथ हेरिएको छ।

शनिबारसमेत चार खेल भएका थिए। पहिलो खेलमा अष्टेलिया विजयी भएको थियो छ। अष्ट्रेलियाले ट्युनिसियालाई १-० गोलले पराजित गरेको हो। शनिबारको दोस्रो खेलमा पोल्याण्ड विजयी भएको छ। साउदी अरबलाई २-० गोलले पराजित गर्दै पोल्याण्ड विजयी भएको हो।

तेस्रो खेलमा फ्रान्सले डेनमार्कलाई २-१ गोलले हराएको छ। शनिबार राति नै भएको अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ। लुसेल रङ्गशालामा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले पराजित गरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button