No Image Headlineदेश

समानुपातिकमा एमाले र कांग्रेसको १०/१० लाख मत कट्यो

Thrill Factory
Rungta Group

समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत मत कटाउने दलले मात्रै सिट पाउँछन्। समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले १० लाख मत कटाएका छन्।

शुक्रवार बिहान ११:४५ बजेसम्म निर्वाचन आयोगले अद्यावधिक गरेको परिणाम अनुसार नेकपा एमालेले १० लाख ५० हजार बढी मत ल्याएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पनि समानुपातिकमा १० लाख मत पुर्‍याएको छ। समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो बढी मत ल्याएको छ। यो पार्टीले पाँच लाख नजिक मत ल्याएको छ।

नेकपा माओवादी केन्द्रले चार लाख ६० हजार बढी र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार बढी मत ल्याएका छन्। समानुपातिकमा जनता समाजवादी पार्टीले पनि एक लाख बढी मत कटाएको छ।

समानुपातिक तर्फ कुल सदर मतको तीन प्रतिशत मत कटाउने दलले मात्रै सिट पाउँछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button