No Image Headlineखबर फटाफट

सीमामा सशस्त्र प्रहरीको सक्रियता, २० किलो चरेशसहित ३ जना पक्राउ

Thrill Factory
Rungta Group

सशस्त्र प्रहरीले बाराको पचरौताबाट २० किलोग्राम लागू औषध चरेशसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

पचरौता नगरपालिकाको वडा नं. ७ स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको टोलीले चेकजाँचको क्रममा सो लागू औषध बरामद गरेको हो ।

ना १ ह ६२३४ नम्बरको अटोबाट सो परिमाणको चरेस बरामद भएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरले जानकारी दिए ।

डीआईजी मगरका अनुसार सो परिमाणको चरेशसहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगर वडा नं. १९ नगवाका मुकेश श्रीवास्तव, वीरगञ्ज महानगर वडा नं. २ छपकैयाका मुस्तफा देवान र अटो चालक बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं. १ का मुस्ताज देवान छन् ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले लागू औषध बरामद गरेको हो । २ ओटा ग्यालेनमा लुकाएर अटोमार्फत सीमा पार गराउन लागेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

बरामद भएको लागूऔषध र पक्राउ परेका अभियुक्तहरुलाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइने जानकारी पनि डीआईजी मगरले दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button