खेल संसार

म्यानचेस्टर युनाइटेडको नाटकीय जित

Thrill Factory
Rungta Group

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

बिहीबार राति युनाईटेडको नाटकीय जितमा मार्कोस रसफोर्डले दुई गोल गरे । एन्थोनी मार्सियलले एक गोल थपे ।

ओमोनियोको लागि करिम, निकोलसले एक एक गोल गरे । यस अघि ओमोनियोले खेलमा अग्रता लिएको थियो ।

जितसँगै युनाईटेडले समूह ई मा ३ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ । ओमोनियो अंकविहीन हुँदै पुछारमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button