देशमुख्य खबर

बारा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १५ पुग्यो

Thrill Factory
Rungta Group

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ बस दुर्घटना हुँदा मर्नेको सङ्ख्या १५ पुगेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६-००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए । गम्भीर घाइतेको तीन जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइते केहीलाई थप उपचारका लागि चितवन लगिएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button