खबर फटाफट

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

Thrill Factory
Rungta Group

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा एक युवकको मृत्यु भएको छ ।

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए ।

उनको घट्नास्थलमै मृत्यु भएको हो ।इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button