अन्तराष्ट्रिय

ट्विटर सर्वेक्षणलाई लिएर युक्रेनी राष्ट्रपति जेलेन्स्की र इलोन मस्कबीच विवाद

टेस्लाका मालिक इलोन मस्कले रुसी आक्रमण अन्त्यका लागि आफ्नो सुझावसहितको ट्विटर पोल पोस्ट गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यसको जवाफ दिएका छन्।

मस्कले आफ्ना १० करोड ७७ लाख फलोअरहरूलाई ट्विटर पोलमार्फत आफ्नो विचार अनुसार मत जाहेर गर्न आग्रह गरेका थिए।

त्यसमा उनले डोन्बास र क्राइमियाका मानिसहरूलाई कुन देश रोज्ने भन्ने निर्णय गर्न दिन ठिक कि बेठिक भन्ने मत सर्वेक्षणमा भाग लिन आफ्ना फलोअरहरूलाई भनेका छन्।

त्यसको जवाफमा जेलेन्स्कीले पनि त्यस्तै ट्विटर पोल पोस्ट गरेका छन्। त्यसमा उनले युक्रेनलाई समर्थन गर्ने वा रुसलाई समर्थन गर्ने कुन चाहिँ संसारकै धनी व्यक्ति तपाईँलाई मन पर्छ? भनेर सोधेका छन्।

अन्य युक्रेनीहरूले पनि मस्कको आलोचना गरेका छन्। जर्मनीका लागि युक्रेनका निवर्तमान राजदूत एन्ड्रिज मेल्निकले कडा शब्दमा त्यसको जवाफ दिएका छन्। त्यसलाई उनी आफैँले “अति कूटनीतिक जवाफ” भनेका छन्।

त्यसमा उनले युक्रेनलाई समर्थन गर्ने वा रुसलाई समर्थन गर्ने कुन चाहिँ संसारकै धनी व्यक्ति तपाईँलाई मन पर्छ? भनेर सोधेका छन्।

अन्य युक्रेनीहरूले पनि मस्कको आलोचना गरेका छन्। जर्मनीका लागि युक्रेनका निवर्तमान राजदूत एन्ड्रिज मेल्निकले कडा शब्दमा त्यसको जवाफ दिएका छन्। त्यसलाई उनी आफैँले “अति कूटनीतिक जवाफ” भनेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button