खबर फटाफट

बस र ट्रक जुध्दा १५ घाइते

कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गइरहेको ट्रक एक आपसमा ठोक्किँदा  कम्तीमा १५ जना घाईते भएका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिका क१ मा पर्ने  गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

ट्राफिक प्रहरीका अनुसार सुदूरपश्चिम यातायातको ना५ख ६७३४ नम्बरको बस र से १ ख ८७८ नम्बरको ठोक्किएको हो ।


दुर्घटनामा परी घाईते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button