No Image Headlineअर्थ

विश्व बजारमा फेरि बढ्यो तेलको भाउ, नेपालमा कस्तो असर पर्ला ?

Thrill Factory
Rungta Group

विश्व बजारमा कच्चा तेलको भाउ फेरि बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र समूह बाहिरका प्रमुख तेल उत्पादक देशहरुको सूमह ओपेक प्लसले यही हप्ता उत्पादन कटौतीबारे विचार गरेसँगै तेलको भाउ बढेको हो ।

सोमवार लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ दशमलव ९५ प्रतिशतले बढेर ८७ डलर ६५ सेन्टमा पुगेको थियो ।

सोही दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट डब्ल्यूटीआईको भाउ पनि ३ दशमलव शून्य १ प्रतिशतले बढेर प्रतिब्यारेल ८१ डलर ८८ सेन्ट पुगेको थियो ।

डब्ल्यूटीआईको भाउ २ दशलमव ७ प्रतिशतले बढेर प्रतिब्यारेल ८१ डलर ८३ सेन्टमा किनबेच भइरहेको थियो । केही समययता तेलको भाउमा उतारचढाव आएको छ । केही दिनदेखि भाउ घटेर युक्रेन युद्ध शुरु हुनुअघिकै अवस्थामा पुगेको थियो ।

त्यसबेला यसको प्रभाव नेपाली बजारमा कति पर्ला भन्ने आम चासो बढेकोमा नेपाल आयल निगमले बाह्य बजारमा घटे पनि यहाँ भाउ नघट्ने संकेत गरेको थियो । यसैबीच भारतले तेलको भाउ घटाएर बील पठाएता पनि आयल निगमले उच्च घाटा रहेको भन्दै मूल्य समायोजन अस्वीकार गरेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button