खबर फटाफट

नारी शक्ति एक भए देशमा शान्ति र स्थायित्व कायम हुन्छ-डा.मधु गुप्ता

Thrill Factory
Rungta Group

जनता समाजवादी पार्टीकी नेतृ डा. मधु गुप्ताले नारि शक्ति एक भए देशमा अझ शान्ति र स्थायित्व कायम हुने बताएकी छन् ।

आइतबार फूलपाती भित्र्याउन गएका दुर्गा भगवतीको भक्तजनलाई फल्हार वितरण गर्दै उनले महिलाहरु पनि देवी दुर्गा झैँ हुनु पर्ने र आफूमाथि औला उठाउनेको प्रतिवादको हिम्मत राख्नुपर्ने बताइन् ।

पृथ्वीमा जबजब उदण्ड किसिमका गतिबिधि भएको छ, तबतब नारी कै रुपमा देवी भवानी विभिन्न आफ्ना अवतार लिएर संसारको रक्षा गरेको हुनाले महिला पनि आफ्ना  अधिकारलाई सुनिश्चित गर्नका लागि देवी झैँ आँट र हिमतलाई प्रदर्शन गर्नुपर्ने बेला आएको बताइन ।

महिलाले जबसम्म आफ्नो आधिकार होस् या आफुमाथि भईरहेको अन्यायको बारेमा अवाज उठाउदैन, तबसम्म उनीहरुको अवाज कसैले नसुन्ने र यसैगरी महिलाहरु पछाडी परिरहेको बताइन् ।

आसन्न प्रतिनिधि निर्वाचनको लागि पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षकतर्फ नाम समेत सिफारिस भएको गुप्ताले सु स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना समेत गरिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button