देश

कात्तिक ५ गतेभित्र हतियार नबुझाए कारवाही गर्ने पर्सा प्रशासनको चेतावनी

Thrill Factory
Rungta Group

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई भयरहित बनाउन पर्सामा इजाजतपत्र हतियारसमेत प्रशासनमा बुझाउन भनिएको छ ।

यही असोज १४ गते बसकेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय भएको पौडेले बताए । इजाजत प्राप्त हतियार आउँदो कात्तिक ५ गतेभित्र प्रशासनमा बुझाउन आग्रह गरिएको छ ।

यसरी बुझाइएका हतियार निर्वाचन सम्पन्न भएको १ हप्ताभित्र हतियाधनीलाई फिर्ता गरिने पनि प्रशासनको सूचनामा उल्लेख गरिएको छ ।

‘निर्वाचनलाई शान्तिपूर्ण बनाउन कात्तिक ५ गतेभित्र यस्ता हतियार बझाउन भनिएको छ । नबुझाए कानूनअनुसार कारवाही हुन्छ,’ पौडेलले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button