No Image Headlineअर्थमुख्य खबर

देशकै मुख्य वीरगञ्ज भन्सारलाई लाग्यो दशैं, व्यापारीलाई तनाव (पत्रसहित)

देशकै मुख्य भन्सार वीरगञ्ज देशैंमा ४ दिन बन्द हुने भएपछि आयातकर्ता चिन्नित भएका हुन् । वीरगञ्जको आईसीपी भन्सारका कर्मचारी असोज १७ गतेदेखि २० गतेसम्म भन्सार बन्द गरेर दशैं मनाउन हिँडेपछि व्यापारीलाई भने अतिआवश्यक बस्तुको आयात र ढुवानीका साधानमा तिर्नुपर्ने जरीवानाको चिन्ताले सताएको हो ।

एकीकृत जाँच चौकी (आईसीपी) भन्सारले सूचना निकालेर ती दिनमा भन्सारको यात्रु शाखाबाहेक अन्य सबै सेवा बन्द हुने बताएको छ ।
आईसीपी नै बन्द हुने र कुनै पनि मालबस्तुको जाँचपास नहुने सूचनामा उल्लेख गरिएको छ । आइतबार फूलपातीको दिनमा समेत

अपरान्ह १२ बजेसम्ममात्र भन्सार खुलेको र औषधीजन्य तथा औद्योगिक कच्चा पादर्थमात्र जाँचपास भएको छ । अघिल्ला वर्षहरूमा दशैंमा भन्सारले केही कर्मचारी खटाएर अतिआवश्यक बस्तुको जाँचपासको व्यवस्था मिलाएकोमा यस वर्ष बन्द नै गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले बताए ।

भन्सार पूर्णरुपमा बन्द हुँदा आयातकर्ता समस्यामा परेको संघका उपाध्यक्ष माधव राजपालको भनाइ छ । नेपालको भन्सार बन्द हुँदा नेपालका लागि आएका ढुवानीका साधन भारततर्फ सडकमा लाम लाग्ने र यसबाट नेपाली आयातकर्ताले ठूलो परिमाणमा डिटेन्सन बुझाउनुपर्ने राजपालले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button