अन्तराष्ट्रिय

इन्डोनेसिया: फुटबल रङ्गशालामा भागदौड मच्चिँदा झन्डै १३०को मृत्यु

Thrill Factory
Rungta Group

हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १२९ जनाको ज्यानको गएको छ।

अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन्।

खेल सकिएको सिट्ठी बजेपछि फुटबल समर्थकहरू मैदानमा प्रवेश गरिरहेका भिडिओ फुटेज इन्टरनेटमा सार्वजनिक भएका छन्। प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको थियो।

जसले गर्दा भागदौड मच्चियो र मानिसहरू निसासिन पुगेको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताए। ज्यान गुमाउने मध्ये दुई जना प्रहरी अधिकारी रहेको उनले जानकारी दिए।

मृतकमध्ये ३४ जनाको रङ्गशाला भित्रै निधन भएको थियो भने बाँकीको अस्पतालमा निधन भएको थियो। “उनीहरू एउटै बाहिरिने विन्दुमा गए। त्यहाँ ठूलो भिड भयो र अक्सिजनको अभावले गर्दा सास फेर्न गाह्रो हुने अवस्था आयो,”अफिन्टाले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button