देश

दशैं बिदामा पनि आयल निगमका डिपो बन्द नहुने, कुन दिन कहाँ खुल्छ ?

Thrill Factory
Rungta Group

नेपाल आयल निगमले दशैं बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने बताएको छ । निगमले सूचना प्रकाशित गर्दै दशैंका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैंको बिदामा १३ ओटा डिपोहरुसमेत खुला राख्ने बताएको हो ।

दशैंमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए ।

उनका अनुसार प्रदेश १ को विराटनगर र मधेश प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन् ।

यसैगरी लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरु खुला हुनेछन् ।

उता सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरु बिदाको दिनमा खुला रहनेछन् । यसैगरी नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरु पनि २१ गतेसम्म खुला हुने बताइएको छ ।

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ ओटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले बताएको छ । निगमका अनुसार हाल दैनिक रुपमा पेट्रोल ३ हजार ५०० किलोलिटर र डिजल ५ हजार ६०० किलोलिटर खपत भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button