No Image Headlineअर्थमुख्य खबर

नेपालको वार्षिक निर्यात क्षमता १० खर्ब, निर्यात १ खर्बमात्रै किन ?

Thrill Factory
Rungta Group

नेपालले हालको १० गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ।  विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले अध्ययनमा समावेश भएका करीब ५० ओटा मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देशमा नेपाल रहेको देखाएको छ। तर, नेपालको निर्यात अहिले १ खर्बको हाराहारीमात्रै छ । प्रशोधित तेल निकासीमा आएको गिरावटसँगै यो परिमाण अझ घट्ने देखिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले नेपालसँग ९ दशमलव २ अर्ब डलर (करीब १० खर्ब रुपैयाँ) निर्यात गर्न सक्ने क्षमता रहेको बताए। यसलाई गत आर्थिक वर्षको निर्यातसँग तुलना गर्ने हो भने आठ गुणा बढी सम्भावना देखिएको छ। व्यापार घाटा निरन्तर बढिरहेका बेला यो अध्ययनले सम्भावना देखाएको हो।

अर्थशास्त्री भरेलाले नेपालसँग एकै दिन विश्व व्यापार संगठनको सदस्य भएको अति कम विकसित मुलुक कम्बोडिया, लाओस जस्ता देशले निर्यात बढाउन सकेको हुँदा नेपालको सम्भावना रहेको बताए।

एउटै खालकोे भौगोलिक अवस्था भएको लाओसको सन् १९९९ अगाडिसम्म निर्यातमा, लगभग आधा कृषि उत्पादनहरू, आधा कपडा र बाँकी थोरै अंश, केही खनिज र अन्य उत्पादनहरू थिए। तर, सन् २०१९ कोभिड पूर्व ठूलो परिवर्तनका साथ निर्यातमा कृषि र कपडालाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर र रसायनमा आधारित वस्तुुहरू, विद्युतीय ऊर्जा थप्न सफल भयो। जसले लाओको अर्थतन्त्रलाई निकै माथि लान सफलता मिल्यो।

‘सोही समयमा नेपाललाई हेर्दा कपडा निर्यात पहिलो नम्वरमा थियो, तत्पश्चात कृषि, र अन्य रसायनमा आधारित वस्तुुहरु थिए। त्यसको २० वर्ष पछिसम्म पनि नेपालको निर्यातयोग्य वस्तुुहरु विविधिकरण हुन सकेनन। धेरै कृषि, थोरै कपडा, तर ती दुई समूहले नै निर्यातमा वर्चस्व राखेको पाइयो’, उनले भने ।

महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरुपी एउटामात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवर्द्धनमा काम गर्नुपर्नेमा जोड दिए। अर्थतन्त्रको आधार मजबुत बनाउन नसक्ने हो भने जतिवेला पनि इन्जिन फेल हुन सक्ने खतरा रहेको उनले बताए।

उद्योग सचिव डा. तोयनारायण ज्ञवालीले मुलुकभित्र भित्रिएको विप्रेषणलाई हामीले देशभित्रै बचाएर राख्न नसकेको यथार्थता राख्दै यसका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

योजना आयोगका सदस्य डा रामकुमार फुयालले उत्पादनशील उद्योगहरुमै लाग्ने नीति अनुरुप पूर्वाधारहरु पनि तयार भइरहेको भन्दै सरकारको नीति पनि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन नैैै भएको आफूले पाएको र योजना आयोगले पनि सरकारलाई सोही अनुसार सल्लाह दिएको स्पष्ट पारे।

महासंघका उपाध्यक्षद्वय अन्जन श्रेष्ठ र रामचन्द्र संघईले विश्व बैंककातर्फबाट प्रस्तुुत कार्यपत्र निकै नै ऊर्जा दिने खालका देखिएकाले उक्त सुुझाव अनुसार निर्यात प्रवर्द्धनमा सरकार निजी क्षेत्र दुवै आजैदेखि लाग्नुु पर्नेमा जोड दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button