खेल संसार

दक्षिण अफ्रिकामाथि भारतको जित

Thrill Factory
Rungta Group

पहिलो टी२० खेलमा भारतले दक्षिण अफ्रिकालाई आठ विकेटले हराएको छ । यस जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको एक सय सात रनको लक्ष्य भारतले १६।४ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गरेको हो ।

भारतका ओपनर केएल राहुलले अविजित ५१ र सुर्यकुमार यादवले अविजित ५० रन जोडे । यसअघि टस हारेर ब्याटिङका लागि आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६ रनको योगफल बनायो ।

दक्षिण अफ्रिकाका केशव महारेजले सर्वाधिक ४१ रन बनाए । यस्तै, आइदेन मार्करमले २५ र वेनी पर्नेलले २४ बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, दीपक चहर र हर्षल पटेलले समान दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट हात पारे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button