खेल संसार

स्पेन स्तब्ध, पोर्चुगलको सहज जित

Thrill Factory
Rungta Group

यूइएफए नेसन्स लिग अन्तर्गत ए ग्रुप २ को खेलमा स्पेन स्तब्ध बन्दा पोर्चुगलले सानदार जित निकालेको छ।

स्वीट्जरल्यान्डले स्पेनलाई २-१ ले पराजित गर्‍यो। स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे। स्पेनका जोर्डी अल्वाले एक गोल।

जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ। पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ।

अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० ले पराजित गर्‍यो। पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई गोल गरे। यस्तै, ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक एक गोल गरे।

पोर्चुगल १० अंक जोडेर शीर्षस्थानमा छ। चेक रिपब्लिक ४ अंक जोडेर पुछारमा छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button