No Image Headlineयस्तो पनि

चार वर्षपछि पृथ्वीमै चन्द्रमा, तपाईं पनि जाने होइन त !

Thrill Factory
Rungta Group

झट्ट सुन्दा तपाईंलाई अचम्म लाग्यो होला । चन्द्रमा छिट्टै नै पृथ्वीमा आउँदै छ । तर, आकाशकै चन्द्रमा धर्तीमा झर्न भने लागेको होइन ।

संयुक्त अरब इमिरेट्सले दुबई शहरमा चन्द्रमा बनाउँदै छ । बुर्ज खलिफा लगायत विश्वका कयौं गगनचम्बी भवनहरू भएको यो शहरमा अब छिट्टै नै विश्वमा कतै नपाइने सेवा सुविधाहरू सहितको चन्द्रमा आकारको रेजोर्ट बन्दै छ ।

यो रेजोर्ट क्यानडेली आर्किटेक्चरल कम्पनी मुन वर्ल्ड रेजोर्ट्स इंकले बनाउन लागेको हो । यसलाई उनीहरूले मुन दुबईको उपाधि दिएका छन् । सञ्चार माध्यमहरूमा छापिएका खबर पत्याउने हो भने यो रेजोर्ट ५ अर्ब डलर (६ खर्ब ३९ अर्ब ५५ करोड रुपैयाँ) खर्चेर बनाउन लागिएको हो । यसले दुबईकै जमिनमा चन्द्रमा झरेको छाप दिनेछ ।

मून वल्र्ड रिजोर्ट २०० मिटरभन्दा धेरै उचाइको हुनेछ । यसको परिधि ६०० मिटर हुने बताइएको छ । अमेरिकी अर्बपति व्यापारी एलन मस्कको स्पेस एक्स र जेफ बेजोसको ब्लु ओरिजिनको अन्तरिक्ष यानमा चढ्ने चन्द्र भ्रमणमा जान नसक्ने आम मानिसहरूलाई यो रेजोर्टले चन्द्रमामा भएको अनुभूति दिनेछ ।

सो चन्द्रमाको वरिपरि ‘लुनार कोलोनी’ पनि विकास गरिने बताइएको छ । यो भवन आगन्तुकहरूलाई चन्द्रमामै हुँदाको जस्तो वा लगभग त्यस्तै खालको अनुभूति गराउने गरी तयार पारिनेछ । आगन्तुकले सस्तो मूल्यमै रेजोर्टभित्र चन्द्रमामा हुँदाको जस्तो अनुभूति बटुल्न सक्नेछन् ।

यो रेजोर्टको अर्को आकर्षण स्काई भिला रहनेछ । मुख्य भवनको डिस्कका आकारको संरचना आकाशे गाउँ हुनेछ । यसमा करीब ३०० ओटा निजी बुटिक आवास गृह हुनेछ । यी बुटिक घरहरू किन्न समेत सकिनेछ ।

रेजोर्टको निर्माण सम्पन्न हुँदा यहाँ ४ हजार ओटा लक्जरी सुइट हुने बताइएको छ । यहाँ स्पा र वेलनेश केन्द्र पनि हुनेछ । यसको साथमा यहाँ कार्यक्रम स्थल, नाइट क्लब, मिटिङ हल, मुन लाउन्ज आदि रहनेछन् ।

चन्द्रमाको आकार कार्बन फाइबर कम्पोजिटबाट बनाइनेछ । यो निकै बलियो र टिकाउ वस्तु भएको बताइएको छ । यसमा सौर्य ऊर्जा निकाल्न सोलार सेल पनि जडान गरिनेछ ।

चन्द्रमाको बाहिरी सतहलाई बत्तीले झल्झलाकार पारिनेछ । चन्द्रमाको आकार बद्ली भएजस्तै यसको पनि आकार बद्लिरहेको छाप सृजना गरिनेछ । यहाँ वर्षेनी २५ लाख अतिथि आउने अनुमान गरिएको छ ।

रेजोर्टको सम्पूर्ण संरचना ४८ महीनाभित्र बनाएर सम्पन्न हुने बताइएको छ । समग्रमा यसको उचाइ ७३५ फिट हुनेछ । पाँच तारे मापदण्डमा रेजोर्ट बनाइनेछ ।  –एजेन्सीहरू

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button