No Image Headlineदेशयस्तो पनि

प्रधानमन्त्री पुत्र जयवीरको भिडियो खिचेको भन्दै पत्रकारलाई बालुवाटारमा प्रवेश प्रतिबन्ध !

Thrill Factory
Rungta Group

आफूलाई लोकतन्त्रको एकमात्र पहरेदार दाबी गर्ने दल नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले चरम अलोकतान्त्रिक रवैया देखाएको छ ।

बुधबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा सञ्चारकर्मीहरुलाई निषेध गरिएको छ । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयबीर देउवाको गाडीको फुटेज खिचिएको भन्दै पत्रकारलाई निषेध गरिएको हो ।

सिट बाँडफाँटको लागि गठित कार्यदलको बैठक बस्न लागेको बेला सुरुमा कान्तिपुर र नेपाल टेलिभिजनका पत्रकारलाई प्रवेश गराइएको थियो ।

त्यसपछि भने अन्यलाई प्रवेश दिइएन । सरोकार टिभीका सञ्चारकर्मीलाई गेटमै होल्ड गराइयो भने केही अन्यलाई निकै कर गरेर मात्रै प्रवेश दिइएको छ ।

त्यस्तै, ग्यालेक्सी टिभीका पत्रकारलाई क्यामेरा बाहिरै राखेर मात्रै छिर्न दिइएको छ । सुरक्षाकर्मीहरुले पत्रकारलाई जसको पनि आएगएको फोटो र भिडियो खिचेकाले माथिबाटै प्रवेश नगराउन निर्देशन आएको बताएका थिए ।

केही दिनअघिको गठबन्धनको बैठकमा लाइभ गर्न हिमालयन टेलिभिजनलाई पनि रोकिएको थियो । त्यस्तै, प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने अनौपचारिक बैठक भएको भन्दै सञ्चारकर्मीहरुलाई प्रवेश नदिइएको दाबी गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button