अन्तराष्ट्रिय

चक्कु प्रहारबाट इरानमा १० जनाको मृत्यु

Thrill Factory
Rungta Group

दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

व्यक्तिगत विवाद हुँदा आइतबार साँझ रफसञ्जनमा चक्कु प्रहार गर्ने हमलाकारीलाई प्रहरीले पक्राउ गरेको एन्तेखाब समाचार वेबसाइटले रफसन्जनका गभर्नर होसेन रेजाईलाई उद्धृत गर्दे उल्लेख गरेको छ।

उक्त घटनाका सबै पीडितहरू पुरुषहरू छन् । ती मध्ये छ अफगानी र चार इरानी नागरिकहरू छन् ।रेजाईले बताएअनुसार आक्रमणकारीको मानसिक स्वास्थ्य असामन्य थियो । उसले आफैलाई प्रहार गरी चोट लगाएको पाइएको छ ।

हत्यारामा लागुपदार्थको लत पनि पुष्टि भएको छ ।यस बारे थप अनुसन्धान जारी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button