No Image Headlineअर्थमुख्य खबर

आयातका कडाईको असर, वीरगञ्ज नाकामा १ हजारभन्दा बढी गाडी थन्किए

सरकारले सवारी साधान आयातमा गरेको कडाईको असर मुख्य भन्सार नाकामा देखिएको छ ।

सरकारले ५० लाख रुपैयाँभन्दा बढी मूल्यका गाडीको आयातमा रोक लगाएको छ भने तरलता अभावलाई कारण देखाएर बैंकहरुले गाडीमा कर्जा लगानी गरेका छैनन् । यसको असर मुख्य भन्सार वीरगञ्जबाट हुने गाडी आयातमा देखिएको छ ।

आईसीपी भन्सारमा १ हजारभन्दा बढी नयाँ गाडी थुप्रिएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । भन्सारमा आएका गाडी आयातकर्ताले छुटाएका छैनन् । बैंकले पैसा नदिएकाले छुटाउन नसकिएको बताउँछन्, उनले भने ।

वीरगञ्ज भन्सारमा भित्रिएकोभन्दा बढी गाडी भारतको रक्सौलका गोदाममा राखिएका छन् । भारतमा जीएसटी फिर्ताका लागि ३ महीनाभित्र निकासीको प्रमाण दिनुपर्ने भएकाले मात्रै आयातकर्ताले गाडी वीरगञ्ज छिराएका हुन् । भारतीय क्षेत्रमा १००० भन्दा बढी गाडि राखिएका छन् ।

आईसीपीमा गाडी राखेको भाडा बढी लाग्ने भएकाले रक्सौलमै जग्गा भाडामा लिएर राख्ने गरेका छन् । जीएसटीका कारण बढी शुल्क तिरेरै भए पनि आईसीपीमा राखिरहेका छन् । तर, जाँचपास गराएका छैनन् ।

आईसीपीको ११५ बिघा क्षेत्रफलमध्ये ५० बिघाभन्दा बढीमा गाडीको पार्किङ भएको भन्सारले बताएको छ । आईसीपी सञ्चालक नेपाल इन्टरमोडेल यातायात विकास समिति, आइसिपी शाखा कार्यालयका प्रमुख कमल ज्ञवालीले एक हजार १२१ दिनसम्मका गाडी थन्किएको जानकारी दिए ।

कुल एक हजार ७१६ वटा गाडी भन्सार यार्डमा रहेका छन् । वीरगञ्जमा अहिले करीब आठ अर्ब रुपैयाँभन्दा बढीको गाडी थन्किएका छन् ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button