शेयर बजारमा लगानीकर्ताले खर्बाै गुमाउँदा सरकार उदासीन, के भन्छन् गभर्नर ?
शेयर बजार दिनदिनै घटिरहेको छ । लगानीकर्ताले बजारबाट खर्बौ गुमाइरहेका छन् ।
सरकार र नियामक निकायले कुनै पनि सकारात्मक कदम चाल्न सकेको छैन । सरकार यसका चरम उदासीन देखिएको छ ।
पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव नै रहेको छ । यसका कारण पनि शेयर बजार प्रभावित भएको छ ।
विशेष गरी शेयरधितो कर्जामा ४/१२ करोडको सीमा लागू र बैंकलाई अल्पकालिन रुपमा शेयर कारोबारमा बन्देज लगाएसँगै बजार प्रभावित भएको हो । बजार पूँजीकरण रू २८ खर्बमा झरेको छ ।
अब नियामक निकायले लगानीकर्ताको हितमा केही नीतिगत परिवर्तन गरेमा मात्रै बजारमा सकारात्मक प्रभाव पर्ने एक लगानीकर्ता बताउँछन् ।
यसैबीच मंगलबार नेपाल पूँजीबजार लगानीकर्ता संघका पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पूँजीबजारमा देखिएका विद्यमान समस्याबारे अवगत गराएका छन् ।
उनीहरुले शेयर बजारको पछिल्लो अवस्था, शेयर बजारमा परेको दवाव, ४/ १२ करोडको क्याप, सीडी र सीसीडी रेसियोको बारेमा गभर्नर अधिकारीलाई अवगत गराएका थिए ।
गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको अवस्थालाई ध्यानमा राख्दै लगानीकर्ताको समस्यालाई गम्भिर रुपले अध्ययन गर्ने बताए । उनले लगानीकर्ताको मागलाई कसरी सहजीकरण गर्ने भन्ने बारेमा छलफल अगाडि बढाउने जवाफ दिएको लगानीकर्ताले बताए ।