पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारको पहलमा पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा , वडा नम्बर ५ सतवरिया र वडा नम्बर ६ श्रीसियामा २० करोड रुपैयाँको लागतमा सडक निर्माण हुने भएको छ ।
सडक निर्माण गर्नको लागी पटकपटक भौतिक पूर्वाधार मन्त्रालय र सम्बन्धित निकायसँग छलफल गरी अनन्त यो सडक निर्माण हुने भएको सांसद रौनियारले बताए ।
सडक विभाग हेटौडाले यो सडकको टेन्डर आहवान गरी निर्माण गर्न लागेको छ । सडक निर्माण भएपछी यस भेगका जनतालाई सहज हुने रौनियारको विश्वास छ । एक सांसद एक रणनीतिक कार्यक्रमअन्तर्गत यो सडक निर्माण हुन लागेको उनले बताए ।