अन्तराष्ट्रिय

फ्रान्समा मंकीपक्सबाट संक्रमित हुने ५१ जना पुगे

फ्रान्समा मंकीपक्सका ५१ जना संक्रमित भेटिएका छन्। विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा पनि बढेका त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन्।

Patanjali Nepal
SweetMart Nepal

युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर मंकीपक्स संक्रमणका ७०० केस देखिएका छन्।

फ्रान्समा संक्रमितमध्ये सबै जना पुरुष छन्। उनीहरु २२ देखि ६३ वर्ष उमेर समूहका छन्। उनीहरुमध्ये एक जनालाई मात्र अस्पताल भर्न गरिएको थियो। उनी संक्रमणमुक्त भएपछि डिस्चार्ज भइसकेका छन्।

हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महशुस, हातखुट्टा र अनुहारमा राता फोका आउनु यो रोगका लक्षण हुन्।  मध्य तथा पश्चिमी अफ्रिकामा यसले महामारीको रुप लिए पनि युरोप र उत्तर अफ्रिकामा भने संक्रमण सामान्य देखिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button