आफैँसँग बिहे गर्ने एक महिलाको घोषणाले भारतमा नयाँ बहस
‘सोलोगमी’ अर्थात् व्यक्तिले आफ्नो बिहे आफैँसँग गर्ने चलन केही वर्षयता पश्चिमा देशमा बढ्दो क्रममा छ। अहिले त्यो भारतसम्म पुगेको छ।
भारतको पश्चिमी राज्य गुजरातमा पर्ने वडोदरा सहरस्थित एउटा मन्दिरमा जुन ११ तारिखमा क्षमा बिन्दुको परम्परागत हिन्दू वैवाहिक समारोह हुने तय भएको छ।
हातमा मेहन्दी र सिउँदोमा सिन्दूर लगाएर दुलहीले लगाउने रातो वस्त्रमा सजिएकी बिन्दुले जग्गेमा सात फेरा लगाउने टेलिफोनमा मलाई बताइन्।
हल्दी (तेल र बेसार मिसाएर दुलहीको जीउमा दल्ने) र सङ्गीत कार्यक्रम बिहेअगाडि सोही दिन गरिने छ। भारतको पश्चिमी राज्य गुजरातमा पर्ने वडोदरा सहरस्थित एउटा मन्दिरमा जुन ११ तारिखमा क्षमा बिन्दुको परम्परागत हिन्दू वैवाहिक समारोह हुने तय भएको छ।
हातमा मेहन्दी र सिउँदोमा सिन्दूर लगाएर दुलहीले लगाउने रातो वस्त्रमा सजिएकी बिन्दुले जग्गेमा सात फेरा लगाउने टेलिफोनमा मलाई बताइन्। हल्दी (तेल र बेसार मिसाएर दुलहीको जीउमा दल्ने) र सङ्गीत कार्यक्रम बिहेअगाडि सोही दिन गरिने छ।
बिहेपछि दुई साताका लागि हनीमून मनाउन गोवा जाने उनको योजना छ। तर यी सबै प्रक्रियामा दुलहा भने हुने छैनन्। भारतमा आफैँसँग बिहे यो सम्भवतः पहिलो मामिला हो।